
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संसद विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनु भएको छ ।
पार्टीहरुको अराजकतालाई ठेगान लगाउने तरिका यही नै एक तरिका भएको भन्दै अध्यक्ष बिजुक्छेले आफ्नो पार्टीको चाहना अनुसार राष्ट्रपति र प्रधानमन्त्रीले कदम चालेको भन्दै पार्टीहरूको अराजकताका कारण देशमा यो स्थिती निम्तेको प्रतिक्रिया दिनुभयो ।
भद्रगोल अवस्था भन्दा जनताको मत माग्नु नै उपयुक्त उपाय भएको उहाँको भनाई थियो । अध्यक्ष बिजुक्छेले सरकारले घोषित मितिमै चुनाव गराउनुपर्ने बताउँदै त्यो प्रधानमन्त्री ओलीको जिम्मेवारी रहेको उल्लेख पनि गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्