१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


घोषणा गरेको १२ घण्टा नबित्दै निर्वाचन आयोगसँग प्रधानमन्त्रीको छलफल


0
Shares

काठमाडौं । मध्यावधि निर्वाचन घोषणा भएको १२ घण्टा नबित्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीका सम्बन्धमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्तिक २६ र मंसिर ३ गतेको घोषित मितिमा निष्पक्ष र धाँधलीरहित चुनावका विषयमा छलफल गर्नुभएको हो ।

छलफलमा निर्वाचनको लागि आवश्यक तयारी र सरकारको तर्फबाट चाहिने सहयोगबारे समेत छलफल भएको थियो । बैठकमा आयोगका प्रमुख निर्वाचन आयुक्तका साथै सबै पदाधिकारीको सहभागिता थियो ।