
काठमाडौं । प्रतिनिधिसभा विघटनका विरुद्ध विपक्षी दलहरूले राजनीतिक तथा कानुनी लडाइमा उत्रने निर्णय गरेका छन् ।
बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको विपक्षी गठबन्धनमा आबद्ध दलहरूको बैठकले प्रतिनिधिसभा विघटन विरुद्ध राजनीतिक तथा कानुनी लडाइमा अघि बढ्ने निर्णय गरेका हुन् ।
बैठकपछि पाँच दलले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्रीका लागि बहुमत सांसदसहित दाबी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रूपमा संसद् विघटन गरेको भनेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चासहितको संयुक्त गठबन्धनले सो कदमबाट संविधानको मर्ममाथि नै प्रहार भएको भन्दै आम राजनीतिक दल र जनतालाई समेत अगाडी बढ्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्