
बझाङ । यार्सागुम्बा संकलन गरेर घर फर्कँदा खोलामा बगेर एक बालिकाको मृत्यु भएको छ ।
जिल्लाको सुर्मा गाउँपालिका–१ की १३ वर्षीया कविता बोहराको बाउली खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यार्सा संकलन गरेर घर आउने क्रममा बालिका शुक्रबार दिउँसो ३ बजे ताडेमाडेमा साँगुबाट चिप्लेर खोलामा खसेकी थिइन् । बालिकाको शव शनिबार फेला परेको हो ।
तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण खोलामा पानीको सतह बढेको थियो । लगातार वर्षासँगै यार्सा संकलन गर्ने पाटनमा समेत हिमपात भएपछि उनीहरू घर फर्किएका थिए ।
प्रतिक्रिया दिनुहोस्