२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


नेपाल पक्षधर प्रतिक्रियावादीको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको ओलीको आरोप


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरू प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनविरुद्ध लागेको आरोप लगाउनु भएको छ ।

बालुवाटारमा शनिबार पुस्तक विमोचनमा कार्यक्रममा नेपाल पक्षधरलाई लक्षित गर्दै उहाँले नेपालमा फिजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलनविरुद्ध इतिहासमा कहिँ नदेखिएको अनुशासनहीनता र अराजकता देखिएको बताउनुभयो । कम्युनिष्ट आन्दोलनलाई ध्वस्त पार्ने प्रयासस्वरुप पार्टी फुटाइएको आरोप लगाउँदै उहाँले अदालतको फैसला अगावै पार्टी फुटाएर पार्टी फुटको दोष अदालतलाई लगाएको टिप्पणी गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसले शनिबार निकालेको प्रेस विज्ञप्तिमा राष्ट्रपतिलाई ‘तिमी’ भन्ने शब्द प्रयोग गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगत १५ वर्षदेखि मानिसहरूलाई गम्भीर प्रकारका आरोपहरू लगाइरहेको पनि उहाँले बताउनुभयो ।