
फाइल तस्विर
काठमाडौं । बाँकेमा थप पाँच जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
दिउँसो ४ बजेपछि थप ५ जना कोभिड संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोभिड–१९ फोकल पर्सने तेज वलीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा दाङको बबइ गाउँपालिका–२ का ९२ वर्षीय वृद्ध, बर्दियाको ठाकुरबाबा नगरपालिका–७ का ३८ वर्षीय पुरुष, कैलालीको टीकापुर नगरपालिका–१ का ६० वर्षीय वृद्ध, कैलालीकै लम्किचुहा नगरपालिका–६ ३३ वर्षीया महिला र कैलालीकै जानकी नगरपालिका–९ की ७५ वर्षीया वृद्धाको मृत्यु भएको वलीले बताउनुभयो ।
योसँगै बाँकेमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ७३ जनाको मृत्यु भएको छ । त्यसैगरी बाँके बाहेका अन्य जिल्लाका मृतकको संख्या २ सय ३७ पुगेको वलीले जनाकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्