
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपतिको सम्मान कसले झारेको भन्दै प्रश्न गर्नुभएको छ ।
शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई कांग्रेस सभापति शेरबहादुर देउवाले ‘तपाईं’ नभनेकोप्रति आपत्ती जनाएपछि नेता थापाले राष्ट्रपतिको सम्मान हुने आधार आफैँले गुमाउँदै गएको टिप्पणी गर्नुभएको हो ।
नेता थापाले आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको बताउनुभयो ।
उहाँले लेख्नुभएको छ, ‘राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, विचरा ! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड !!, ‘सम्माननीय राष्ट्रपति’बाट तपाईं हुँदै तिमीमा कसले ओरालेको ? आफ्नै कर्म र प्रवृत्तिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो ।’
प्रतिक्रिया दिनुहोस्