
काठमाडौं । देशभर एकैदिन निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय ७७ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ९० वटा गाडी र १ हजार १ सय ८७ वटा मोटरसाइकल नियन्त्रणमा लिएर दिनभरी राखी साँझमा छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ११ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीव्रता दिएको छ ।
प्रतिक्रिया दिनुहोस्