
एजेन्सी । कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ ।
महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत संकलन गर्नुका साथै उनीहरुको उपचारमा विशेष व्यवस्था गरिएको त्यहाँको सरकारले जनाएको छ ।
भारतमा पछिल्लो समय कोरोना संक्रमितहरुमा देखा पर्न थालेको ब्ल्याक फंगसका कारण गुजरात, महाराष्ट्र र हरियाण, आन्द्र प्रदेश राज्य बढी प्रभावित भएका छन् ।
गुजरातमा दुई दिनमा २ हजार २ सय बढीमा ब्ल्याक फंगस देखा परेको छ ।
यसैबीच भारतको स्वास्थ्य मन्त्रालयले भारतको ब्ल्याक फंगस नियन्त्रणका लागि औषधी तयार पारेका पाँचवटा कम्पनीहरुलाई अनुमति दिएको छ ।
पछिल्लो समय ब्ल्याक पंmगसका कारण भारतमा १ हजारभन्दा बढीकोे मृत्यु भइसकेको छ । ब्ल्याक फंगस कोरोना संक्रमित र संक्रमणमुक्त भएकाहरुका देखा पर्न थालेको हो ।
प्रतिक्रिया दिनुहोस्