
एजेन्सी । एटलेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।
लिगको अन्तिम खेलमा एटलेटिको म्याड्रिडको जितसँगै २ अंकको अग्रता लिँदै उपाधि पक्का गरेको हो ।
घरेलु टोली रियल भालाडोलिडमाथि २–१ को जित दर्ता गर्दै एटलेटिको च्याम्पियन बनेको हो ।
एटलेटिकोको जितमा एन्जल कोर्रिया र लुइस सुआरेजले १–१ गोल गरे ।
रियल म्याड्रिडले भने घरेलु मैदानमा भिल्लारियलविरुद्ध २–१ को जित दर्ता गर्यो ।
खेलमा एटलेटिको ३८ खेलमा ८६ अंक जोड्न सफल रहयो । रियल भने ३८ खेलमा ८४ अंक जोड्दै उपविजेतामा सीमित रह्यो ।
बार्सिलोनाले पनि अन्तिम खेल जित हासिल गर्दै तेस्रो स्थानमा ७९ अंक जोड्दै सिजन अन्त्य ग¥यो ।
एटलेटिको भालाडोलिडविरुद्ध पहिलो हाफमा १–० ले पछि परेको थियो ।
यता रियल म्याड्रिडले भने भिल्लारियलविरुद्ध जित निकालेपनि एटलेटिकोले जित निकाल्दा उपाधि जित्न सकेन ।
क्याटलान क्लब बार्सिलोनाले लिगको अन्तिम खेलमा एइबारमाथि १–० को अन्तरले विजयी भयो ।
बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमनले निर्णायक गोल गरेका थिए ।
युरोपा लिगको दौडमा भने रियल बेटिसले रोमान्चक पुनरागमन गर्दै सेल्टा भिगोलाई ३–२ ले पराजित ग¥यो ।
एक समय २–० ले पछि रहेको बेटिसले दोस्रो हाफमा ३ गोल फर्काएको थियो ।
सेल्टाले इयागो आस्पास र ब्राइस मेन्डेजको गोलमा आरामदायी अग्रता बनाएको थियो । तर बोर्जा इग्लेसिस, नाबिल फेकिर र भिक्टर रुइजले गोल गर्दै खेलमा फर्काए ।
अन्य खेलमा हुएस्का र भ्यालेन्सियाको खेल गोलरहित बराबरीमा सकियो । हुएस्का यस बराबरीका बाबजुद रेलिगेसनमा परेको छ ।
एलेक्जेन्डर इसाकको गोलमा रियल सोसिडाडले ओसासुनालाई १–० ले हरायो ।
एल्चेले एथ्लेटिक बिल्बाओलाई २–० ले पराजित गर्यो । एल्चे यस जितसँगै शीर्ष डिभिजनमा रहन सफल रहयो ।
प्रतिक्रिया दिनुहोस्