१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


युद्धविरामको अक्षरश पालना गर्न इजरायल र प्यालेस्टाइनलाई राष्ट्रसंघको आग्रह


0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले युद्धविरामको पूर्णरुपमा पालना गर्न इजरायल र प्यालेस्टाइनहरुलाई आग्रह गरेको छ ।

यही मे १० देखि ११ दिनसम्म चलेको युद्ध अन्त्य गरी शान्ति वार्ता गर्न इजरायल र प्यालेस्टाइहरु सहमत भएकाले शो युद्धविरामको अक्षरश पालना गर्न राष्ट्रसंघीय सुरक्षा परिषदले ध्यानाकर्षण गराएको हो ।

सुरक्षा परिषदले वार्ताबाटै समस्या समाधानका लागि पहल गर्ने र युद्धग्रस्त क्षेत्रमा तत्काल मानवीय सहायता उपलब्ध गराउन पनि सम्वद्ध राष्ट्रहरुको ध्यानाकर्षण गराएको अलजजिराले जनाएको छ ।

११ दिनसम्म चलेको युद्धका क्रममा ६६ जना बालबालिकासहित २४८ जनाको मृत्यु भएको थियो ।

घटनामा करिब २ हजार जना घाइते भएका थिए । इजरायल र प्यालेस्टाइनहरुबीच चर्चको स्वामित्व विवादका कारण युद्ध भएको बताइएको छ ।

यसैबीच युद्धविराम भएपनि गाजा क्षेत्रमा दुई पक्षिय झडपहरु भएकोप्रति ध्यानाकर्षण भएको राष्ट्रसंघले जनाएको छ ।