
एजेन्सी । चीनको रिमोट कन्ट्रोल्ड रोभर अहिले मंगलग्रहको सतहमा गुड्न थालेको छ ।
आफ्नो ल्यान्डिङ प्लेटफर्मबाट यो रोभर उक्त ग्रहको सतहमा गुड्न थालेको हो । रोभरले गत साता मंगलग्रह अवतरण गरेको थियो ।
रोबर्टले मंगलग्रहकाे सतहमा रहेका चट्टान र वातावरणबारे अध्ययन गर्दैछ । त्यसैगरि, यसले कुनै सतह, पानी वा हिऊँमा जीवन छ वा छैन भन्ने पनि अध्ययन गर्ने जनाइएकाे छ ।
गत वर्षको जुलाईमा अर्बिटर, ल्यान्डर र रोभर समावेश चीनको तियन्वेन–१ मिशन लन्च गरिएको थियो ।
मिशनका प्रमुख सहायक कमाण्डर झाङ युहुवाका अनुसार ९२ दिनसम्म मंगलग्रहमा सञ्चालन गर्नका लागि यस रोभेर डिजाईन गरिएको हो। यसले अर्बिटरको सहायताबाट आफ्नो डाटा पठाउने युहुवाले बताए ।
गत बुधबार झुरोङले मंगलग्रहमा खिचिएको तस्विर अर्बिटरमार्फत पठाएको थियो । यतिबेला यो रोबर्ट ल्यान्डिङ प्लेटफर्ममा थियो र उसको अगाडिको भूभाग तस्विरमा देखिएको थियो ।
मंगलग्रहमा रोभर सञ्चालन गर्ने अमेरिकापछि चीन दोस्रो देश हो ।
प्रतिक्रिया दिनुहोस्