
काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्व सांसद लक्ष्मण प्रसाद घिमिरेले एमाले पार्टी नफुटिकन माधव नेपाल समूहका २७ जना सांसद सहित राष्ट्रपतिका प्रधानमन्त्री हुन निवेदन हाल्न जानु गम्भीर भुल भएको बताउनु भएको छ ।
घिमिरेले दलीय संसदीय परीपाटीमा विश्वास राख्ने कांग्रेसले पार्टीको यस्तो निर्दलीय चरित्रलाई प्रश्रय दिनु आफैमा कंलक भएको बताउनुभयो ।
सामाजिक सञ्जालमा लेख्दै घिमिरेले भोलि यसैलाई आधार बनाएर कांग्रेसका सांसदलाई अरुले प्रयोग गरे कसरी विरोध गर्ने भन्दै प्रश्न गर्नुभएको छ ।
उहाँले ५० सालको घटना पनि सम्झाउनु भएको छ । सभापति शेरबहादुर देउवालाई इंगित गर्दै उहाँले लेख्नुभएको छ, `२०५० सालमा सरकारको नीति तथा कार्यक्रममा नेकाका ३६ जना सांसदको अनुपस्थितिलिे गर्दा पारित हुन नसकी देशलाई मधयावधि निर्वाचनमा धकेलेको पीडाले बिग्रिएको नेपाली राजनीतिले अझै स्थिरता पाउन सकेको छैन् । यसबारे जानीफकार आफै हुनुहुन्छ ।`
प्रतिक्रिया दिनुहोस्