
डोलराज रानाभाट
चितवन । चितवनका अस्पतलामा अक्सिजनको अभाव भएको छ ।
भर्ना भएका सबै विरामीहरुलाई अक्सिजन आवश्यक पर्ने भए पनि अक्सिजन उद्योगले पर्याप्त आपूर्ति गर्न नसक्दा समस्या देखिएको छ ।
यहाँ रहेका भरतपुर सरकारी अस्पताल, दुई ठूला मेडिकल कलेज, क्यान्सर अस्पताल,पुष्पाञ्जली लगायतलमा कोरोना संक्रमितहरुको उपचार भई रहेको छ ।
तर दिनप्रतिदिन थपिने विरामीका कारण अक्सिजनको अभाव भने बढ्दै गएको छ । अस्पताल जानेवित्तिकै वेड पाउन कठिन भएपनि अहिलेसम्म उपचार नपाउने अवस्था भने आएको छैन ।
यसका बाबजुद पछिल्लो समयमा भने अक्सिजनको अभाव देखिन थालेको भरतपुर अस्पतालका निमित प्रमुख मेडिकल सुपरीटेण्डेन डाक्टर जगन्नाथ तिवारीको भनाई छ ।
जिल्लामा निशेधाज्ञा लम्ब्याइएपनि संक्रमणको दर घट्न सकेको छैन । जसले अझ चुनौति थपिएको छ ।
चितवनका मात्रै भए त सहज हुने थियो तर जिल्लावाहिरका मात्रै ५६ प्रतिशत बढि कोरोना संक्रमितको यहाँ उपचार भइरहेको अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बताउनुभयो ।
चितवन मेडिकल कलेजका कार्यकारी निर्देशक डाक्टर दयाराम लम्सालले कोभिड विरामीकालागि अस्पतालले बेड संख्या थप्नुका साथै पूर्ण स्रोत, जनशक्ति परिचालन गरेको बताउनुभयो ।
तर दिन प्रतिदिन थपिने कोराना संक्रमितका कारण अक्सिजनको अभाव टड्कारो देखिएको बताउनुभयो ।
जिल्लाभित्र र वाहिरका सँगै हेलिकप्टर मार्फत ल्याइएका कोरोना विरामीहरुको पनि उपचार चितवनले गरिरहेको छ ।
अक्सिजन प्लान्ट निर्माण गर्ने योजना नभएको होइन । तर निषेधाज्ञा र ठेक्का लिएको कम्पनीहरुले ढिलासुस्ती गर्दा समस्या भइरहेको भरतपुर अस्पतालका विकास समितिका अध्यक्ष डाक्टर अधिकारीको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले पनि अक्सिजनको अभाव भएको स्वीकार गर्नुभयो । निषेधाज्ञा पछि संक्रमण दर कस्तो रह्यो भन्ने अध्ययन गर्न वाँकी रहेको र अहिले अक्सिजन पु¥याउन चुनौति रहेको बताउनुभो ।
स्वास्थ्य कार्यालय चितवनले स्थानीय तहका अस्पतालसहित जिल्लाभर ८ सय ९८ वटा कोभिड विरामीकालागि बेड भएको जनाएको छ । सबै अस्पतालका आ–आफ्नै नियम छन् ।
जसका कारण संक्रमितले सजिलै उपचार मिल्ने जानकारी पाउनै कठिन छ ।
त्यसैले प्रभावकारी व्यवस्थापनकोलागि अधिकार सहित काम गर्न सक्ने वातावरण भए कोरोना नियन्त्रणमा सहज हुने विज्ञहरुको सुझाव छ । (हेर्नुहोस् भिडियो)
प्रतिक्रिया दिनुहोस्