
काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटबाट जेठ महिनायता प्रकाशित भएका सूचनाहरु गायब भएका छन् ।
संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना समेत वेबसाइटबाट हटाइएका हुन् ।
राष्ट्रपति भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला त्यसलाई राष्ट्रपति कार्यालयको वेबसाइबाटै सूचनाहरु गायब भएका हुन् ।
राष्ट्रपति कार्यालयले भने जानी जानी सूचनाहरु नहटाएको प्रष्टिकरण दिएको छ । अहिले कार्यालयले यो विषयमा अध्ययन गरिरहेको बताएको छ ।
मिडिया, नागरिक समाज, राजनीति र कानुनका जानकारहरुले राष्ट्रपति भण्डारीले ओलीको गैरसंवैधानिक कदमलाई अपारदर्शी र षड्यन्त्रपूर्वक रुपमा अनुमोदन गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्