
बागलुङ । बागलुङमा अहिले दैनिक १ सय २० वटा सिलिण्डर खपत हुँदै आएको अस्पतालले जनाएको छ । अक्सिजन भर्ने ठाउँमासमेत अत्याबागलुङमा संक्रमितको संख्या बढ्दै गएपछि जिल्लामा अक्सिजनको अभाव देखिन थालेको छ ।
संक्रमित मध्ये अधिकांश होम आइसोलेशनमै छन् भने तीन दर्जन भन्दा बढी मात्रै धौलागिरि अस्पतालसहित अन्य संस्थागत आइसोलेशनमा छन् । धौलागिरि अस्पतालमा रहेका अधिकांश संक्रमितलाई अक्सिजनको सहायता चाहिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।
अस्पतालमा उपचाररत अधिकांश बिरामीलाई अक्सिजन चाहिने हुँदा अक्सिजनको अभाव कायमै रहेको डाक्टर पोखरेलले बताउनुभयो । बागलुङधिक चाप हुँदा घण्टौं कुर्दासमेत अक्सिजन पाउन नसकेको उहाँको भनाइ छ ।
संघीय सरकारले अक्सिजन प्लान्ट व्यवस्थापनका लागि धौलागिरि अस्पताललाई तीन करोड रुपैयाँ विनियोजन गरेको छ । अक्सिजन प्लान्ट जडानका लागि अस्पतालले बायोमेडिकल इन्जिनियरलाई खाका पठाएको धौलागिरि अस्पताल व्यवस्थान समितिका अध्यक्ष केबी राना मगरले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्