
काठमाडौं । प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई पक्राउ गरेको छ ।
राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई गोबर उपहार दिन बानेश्वरमा भेला भएका विद्यार्थी नेता त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो भितामा टास्दै मुखमा गोबर लगाइदिएका थिए ।
मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतिकात्मक विरोधस्वरुप राष्ट्रपति र प्रधानमन्त्रीलाई गोबर उपहार पठाउने नेविसंघको कार्यक्रम थियो ।
नेविसंघले त्रिपाठीको रिहाइको जोडदार माग गरेको छ । नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले त्रिपाठीको गिरफ्तारप्रति भत्र्सना गर्दै तत्काल विनाशर्त रिहाइको माग गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्