१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसद विघटन विरुद्ध गण्डकी प्रदेशका चार राजनीतिक दलले गरे भर्त्सना


0
Shares

पोखरा । असंवैधानिक ढंगबाट राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको भन्दै गण्डकी प्रदेशका चार राजनीतिक पार्टीले भर्त्सना गरेको छन् ।

एक विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको भत्र्सना गरेक हुन् ।

विज्ञप्तिमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जसपा संसदीय दलका नेता हरिशरण आचार्य र जनमोर्चा नेपालकी सचेतक पियारी थापाको हस्ताक्षर छ ।

कोरोना महामारीको समयमा एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य गरेको उनीहरुले आरोप लगाएका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकमा राजनीतिक अनिश्चय, अन्यौल र अराजकता सिर्जना गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदमका विरुद्ध एकताबद्ध भएर लाग्ने उनीहरुले जनाएका छन् ।