
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पर्टाी प्रवक्ता विश्व प्रकाश शर्माले शर्माले प्रधानमन्त्री केपी शर्मा ओलाीलाई उनकै शैलीमा जवाफ दिनु भएको छ ।
नेकपा एमालेका अध्यक्षसमेत रहनु भएका ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथमा लागेजस्तो छ भनेपछि प्रवक्ता शर्माले जवाफ दिएका दिनु भएको हो ।
आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसप्रति टिप्पणी गर्दै प्रचण्डपथ अंगिकार गरेर कुदेको जस्तो लाग्छ भन्नु भएको थियो । त्यसको जवाफ शर्माले टुईटमार्फत दिनु भएको छ ।
प्रधानमन्त्रीलाई जवाफ दिदै शर्मा लेख्नुहुन्छ ‘ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसंग पार्टीकै ‘एकताझ निकै गौरवसंग गर्नु भएको थियो । आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्ड संग मिल्दा, ए, प्रचण्डपथमा पो लाग्यो ? ‘सौ चुहे खा के बिल्लि चलि हज कोझ भन्ने कहावत यहाँकै लागि रहेछ नि ! प्रधानमन्त्रीज्यू।’
प्रतिक्रिया दिनुहोस्