
रसुवा । रसुवगढी सडक आयोजना अन्तर्गत मैलुङ, स्याफ्रुबेसी सडक खण्डको स्तरोन्नतीको काम ठप्प भएको छ ।
मैलुङ–स्याफ्रुबेसी खण्डको १९ किमी सडक भारत–सिद्धिसाई जेभीलाई कालोपत्र गर्ने जिम्मेवारी दिएको थियो ।
ठेकेदारले कामदारलाई पारिश्रमिक भुक्तानी नदिएको भन्दै कामदार काममा जान छाडेपछि राष्ट्रिय महत्वको आयोजनाको काम प्रभावित भएको हो ।
ठेकेदार सम्र्पक बिहीन भएकाले काममा नगएकोे र गरेको भुक्तानी समेत नपाएपछि कामदार नआउँदा लामो समयदेखि काम रोकिएको बताइएको छ ।
गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रुबेसी रसुवगढी सडक योजना प्रमुख नरायणदत्त भण्डारीले भारत–सिद्धिसाई जेभीलाई सरकारका तर्फबाट काम गरेको आधारमा दिनु पर्ने भुक्तानी नरोकिएको दाबी गर्नुभयो ।
यस सडक खण्डमा तीनसय बढी कामदारले काम गरी रहेका थिए । रसुवागढी नाकाबाट धादिङको गल्छीसम्म सडक निर्माणका लागि नेपाल सरकारले ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी’ सडक योजनामार्फत निर्माण व्यवसायी र चीन सरकारमार्फत तीन खण्डमा कामको जिम्मेवारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्