
एजेन्सी । भारतका बिदेशमन्त्री एस जयशंकर पाँच दिने भ्रमणका लागि अमेरिका पुुगेका छन् ।
कोभिड १९ को महामारीसंग जुधिरहेको भारतमा खोप अभाव हुन थालेपछी अमेरिकी खोप कम्पनीहरुसंग कोभिड बिरुद्धको खोप, घरेलु उत्पादनका लागि कच्चा पदार्थ, र अमेरिकी कम्पनीहरुसंगको समन्वयमा भारतमा खोप निर्माण गर्न सक्ने सम्भावनाबारे छलफल गर्न जयशंकर अमेरिका पुग्नुभएको हो ।
साथै उहाँले कोभिड १९ संग जुध्न अमेरिकासंग आर्थिक सहयोग माग्ने सम्भावना पनि रहेको बताइएको छ ।
पाँच दिने भ्रमणका क्रममा भारतीय बिदेशमन्त्री जयशंकरले संयुक्त राष्ट्रसंघका महासचिन एन्टिनो गुटारेस र अमेरिकी बिदेशमन्त्री एन्टोनी ब्लिंकेनसंग पनि भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
अमेरिकामा राष्ट्रपति जो बाइडेनले सत्ता सम्हालेपछी भारतीय उच्च स्तरका नेताबाट भएको यो नै पहिलो भ्रमण हो ।
प्रतिक्रिया दिनुहोस्