
काठमाडौं । राष्ट्रपतिबाट जारी भएको नागरिकता अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ ।
रिट निवेदक विरभद्र जोशीले अध्यादेश खारेजीको मागसहित रिट निवेदन पेश गर्नुभएको हो । अहिले रिट दर्ताको प्रक्रियामा रहेको छ ।
अध्यादेशमा विदेशमा विवाह भएकी नेपालकी छोरीको सन्तानले पनि नागरिकता पाउने व्यवस्था छ ।
आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गर्नुभएको थियो ।
गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले शपथ सम्बन्धी अध्यादेश, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशसँगै नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश पनि सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्