१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अक्सिजन प्लान्ट बनाउन पत्रकार महासंघ गुल्मीद्वारा ६० लाख हस्तान्तरण


0
Shares

गुल्मी । नेपाल पत्रकार महासंघ गुल्मीले जिल्ला अस्पताललाई अक्सिजन प्लान्ट खरिदका लागि ६० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

गुल्मीमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजनको अभावमा उपचारमा समस्या देखिएपछि अक्सिजन सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघले दुई हप्ता अगाडि अक्सिजन अभियान सञ्चालन गरेको थियो ।

अभियानबाट संकलित ५ लाख बढीको अक्सिजन ग्यास सिलिन्डर अस्पताललाई सहयोग गरेको थियो । बिरामी संख्या बढ्न थालेपछि अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरि अभियान लाई अक्सिजन प्लान्ट अभियानमा रुपान्तरण गर्दै सहयोग संकलन सुरु गरिएको थियो ।

महासंघले झण्डै ७२ लाख रुपैयाँ संकलन गरिसकेको छ । नेपाल सरकारले समेत पत्रकार महासंघको अभियानमा सहभागिता जनाउँदै १ करोड रुपैयाँ विनियोजन गरेको छ ।