
बागलुङ । जिल्लाको चनौटेमा एक किशोरीको शव फेला परेको छ ।
काठेखोला गाउँपालिका–१ चनौटे की १७ वर्षीया छायाँ थापाको शव अक्षते खोला किनार फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
सोमबार बिहान खोला किनार शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरको टोली घटना स्थलमा पुगेको थियो ।
घरमा सामान्य विवाद हुँदा भीरबाट हाम फालेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
किशोरीको शवको पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।
प्रतिक्रिया दिनुहोस्