१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एमालेका थप १२ सांसदलाई पनि स्पष्टिकरण सोधियो


0
Shares

काठमाडौं । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप १२ नेतालाई स्पष्टिकरण सोधेको छ ।

सोमबार बसेको स्थायी कमिटी बैठकले देउवाको पक्षमा हस्ताक्षर गर्ने थप १२ प्रतिनिधिसभा सदस्यहरूलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टिकरण सोधिएका सांसदहरू विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपक प्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।

उनीहरूले गत शुक्रबार नयाँ सरकार बनाउन देउवाको पक्षमा हस्ताक्षर गरेको थिए भने शुक्रबार देउवालाई प्रधानम्न्त्रीमा नियुक्तिको माग गर्दै दायरभएको रिटमा हस्ताक्षर गरेको थिए ।

बैठकले यसअघि स्पष्टिकरण सोधिएका झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना सांसदलाई पार्टीेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।