१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान र लोकतन्त्र मास्ने खेल पूरा नहोस् : डा.भट्टराई


0
Shares

काठमाडौं । संघयी परिषद् जनता समाज पार्टाीका अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधान न्यायाधीशलाई प्रधानमन्त्रीले मध्यरातमा निवासमा बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु भएको छ ।

भट्टराईले समाजिक सञ्जाल टुइटरमा लेख्दै विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार र हल्ला लाेकतन्त्रका लागि शुभ संकेत नभएको बताउनु भएको हाे ।

‘खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,’ उहाँ लेख्नुहुन्छ ‘त्यो नियम र नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधानरलोकतन्त्र मास्ने खेल पूरा नहोस् !’