
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली आज इराक जाँदै छ । इराकसँगको मैत्रीपूर्ण खेलका साथै फिफा विश्वकप छनौटका लागि नेपाली टिम आज राती इराक प्रस्थान गर्न लागेको हो ।
आगामी शनिबार हुने मैत्रीपूर्ण खेलमा नेपालले इराकसँग प्रतिष्पर्धा गर्ने छ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टिम आइतबार कुवेत प्रस्थान गर्नेछ ।
यो टुरका लागि जान लागेको टिमका २३ खेलाडी र १२ अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नेपालले इराकसँगको मैत्रीपूर्ण खेलपछि फिफा विश्वकप छनौट खेल्नेछ ।
जसमा नेपालले यही जेठ २० गते चाइनिज ताइपेइसँग, जेठ २५ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग छनौट खेल खेल्नेछ । विश्वकप छनौटमा नेपालले अहिलेसम्म पाँच खेल खेल्दा एकमा जित र चार हार ब्यहोरेको छ ।
नेपालको विश्वकप छनौटको अर्को चरणमा जाने सम्भावना निकै कम भएकाले पनि प्रशिक्षक अब्दुल्लाहले युवा खेलाडीलाई एक्पोजर दिनका लागि नै मौका दिएका हुन । यसपटको टिममा युवा खेलाडीमा ए डिभिजन नखेलेका खेलाडीले पनि मौका पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्