३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


नेपाललाई कोभिड १९ विरूद्ध सहयोग गर्ने अमेरिकी विदेश सहायकमन्त्री वेन्डी शर्मनको प्रतिवद्धता


0
Shares

काठमाडौं । अमेरिकी विदेश सहायकमन्त्री वेन्डी शर्मनले कोरोना महामारीको समयमा नेपालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

शर्मनले टुईटरमा लेख्दै नेपाली जनतालाई सहयोग गर्न अमेरिकी सरकार पनि प्रतिवद्ध रहेको जानकारी दिदै आफुले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको हो ।

नेपाली परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग कुरा गरेको बताउदै उहाँले अमेरिका/नेपाल साझेदारीको मजबूतीलाई पुष्टि गर्न र नेपाललाई एक घातक रोगबाट बचाउन सक्दाे प्रयास गर्ने उहाँकाे भनाइ छ । साथै उहाँले नेपालीप्रति हार्दिक समवेदनासमेत प्रकट गर्नु भएको छ ।

‘कोभीड वृद्धिको सामना गर्नुपर्दा मेरो गहिरो सहानुभूति र संवेदना छ,’ उहाँ लेख्नुहन्छ ‘अमेरिका महामारीको बेलामा नेपाल सरकार र जनतालाई सहयोग गर्न प्रतिबद्ध छ।’