
सर्लाही । सर्लाहीमा आजबाट थप सात दिन निषेधाज्ञा जारी गरीएको छ । सर्लाही प्रशासनले जेठ १ गतेदेखि १० गतेसम्म जारी गरेको निषेधाज्ञा आजबाट पुनः ७ दिन थपेको हो ।
जिल्ला प्रशासन कार्यालयले सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको जनाएको छ भने संक्रमित हुनेको संख्या १ हजार ५८ जना पुगेका छन् ।
जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोनाको संक्रमण बढ्दै गइरहेकाले रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो ।
निषेधाज्ञाको अवधीमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्यूटीपार्लर, शैलुन, शैक्षिक संस्था, ट्यूसन सेन्टर बन्द हुने छन् । स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन हुन दिइने प्रमुख जिल्ला अधिकारी तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्