१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


परिक्षणको दायर बढाउँदै महानगर, पाँच दिनमा ५० हजारकाे एन्टिजेन परिक्षण गर्ने


0
Shares

काठमाडौं । कोरोना महामारीका बीच काठमाडौं महानगरपालिकाले कोरोना परिक्षणको दायर बढाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्यमा महानगरपालिकाले यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परिक्षण गर्ने तयारी गरेको हो ।

परिक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना संकलन गरिने महानगरपालिकाले जनाएको छ । परिक्षणका लागि कामपाका ठूला १५ वडामा प्रति वडा दुईवटा केन्द्र र १७ वटा साना वडामा एक / एक केन्द्र राखिने छ ।

समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परिक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लग्ने महानगरको भनाइ छ ।

परिक्षणका लागि वडामा कन्ट्याक्ट ट्रेसिङ समूहलाई सक्रिय बनाइनेछ । कोभिडको लक्षण देखिएका, कन्ट्याक्ट ट्रेसिङमा परेका, अग्रपंक्ति रही काम गरिरहेका, निषेधाज्ञाको समयमा काम गरिरहेका र जोखिममा रहेका सबैलाई लक्षित वर्ग मानेर परीक्षण गरिने छ ।