१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतमा यास चक्रवातका कारण २ को मृत्य, ४० वटा घरमा क्षति


0
Shares

एजेन्सी । भारतमा यास चक्रवात प्रवेश गरेसँगै पश्चिम बंगालमा २ जनाको मृत्यु भएको छ भने ४० वटा घरमा क्षति पुगेको छ ।

यास चक्रावात उडिसाको भद्रक जिल्लाको धामरा बन्दरगाह हुँदै पश्चिम बंगालतर्फ अघि बढेको भारतीय अधिकारीहरुले जनाएका छन् । उडिसा प्रवेश गर्ने क्रममा रहेकै बेला भारतका विभिन्न राज्यहरुमा भारी वर्षा भइरहेको छ ।

बंगालको खाडी र उडिसामा भएको भारी वर्षाका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।

भारतको पश्चिम बंगाल, उडिसालगायत ८ राज्यमा प्रवेश गर्ने अनुमान गरिएको यास चक्रवातलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख जनतालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने अझै ७ लाखलाई सार्ने क्रम जारी छ ।

प्रतिघण्टा १५५ देखि १६५ किलोमिटरको दरले आउने आउने अनुमान गरिएको चक्रवातबाट क्षति न्यूनिकरणका लागि कोलकता विमानस्थलबाट हुने विमान सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।