
एजेन्सी । बंगलादेश विश्वकप क्रिकेट सुपर लिगको अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ ।
श्रीलंकाविरुद्धको तीन एक दिवसिय खेलको सिरिजमा दुई खेलमा जित निकालेर सिरिज पक्का गरेको बंगलादेश तालिकाको शीर्ष स्थानमा पुगेको हो ।
सुपर लिगमा पहिलो पटक शिर्ष स्थानमा उक्लिएको बंगलादेशले श्रीलंकाविरुद्ध दुई खेलमा उत्कृष्ट जित निकाले । सुपर लिगमा बंगलादेशले आठ खेलमा पाँच जित र तीन हारका साथ ५० अंक बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा इंग्ल्याण्ड छ भने पाकिस्तान तेस्रो अष्ट्रेलिया चौथो स्थानमा छन ।
तीन वटै क्लवको समान ४० अंक भएपनि रन रेटका आधारमा इंग्ल्याण्ड दोस्रो र पाकिस्तान तेस्रो स्थानमा छन् । सुपर लिगको अंक तालिकामा भारत आठौं स्थानमा छ ।
उसले खेलेका ६ खेलमा तीन जित र तीन हार ब्यहोरेको छ । उसका २९ अंक छ । तालिकामा अफगानिस्तान र वेष्ट इन्डिज, न्युजिल्याण्डको समान ३० अंक छ । सुपर लिगमा नेदरल्याण्ड्सले अहिलेसम्म एक खेलपनि खेल्न सकेको छैन । श्रीलंकाले पाँच खेल खेल्दा पाँचै वटा हारेको छ।
प्रतिक्रिया दिनुहोस्