३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


बुद्धजयन्तीलाई राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणाको रूपमा लिनुपर्ने : राष्ट्रपति


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका प्रकाशका रूपमा उच्च सम्मान गर्ने महान् गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको छ ।

बुद्धजयन्तीको अवसरमा शुभकामना दिदै राष्ट्रपति भण्डारीले गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताउनु भएको बताउनु भएको हो ।

उहाँले बुद्धजयन्तीलाई आफनो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिंँदै प्रगतिको बाटामा अग्रसर रहन प्रण गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिनु भएको छ ।

यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले शुभकानमा सन्देश जारी गर्दै महाव्याधिविरुद्धको संघर्ष, सरकार, चिकित्सक तथा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको प्रयासले मात्रै नजितिने जनाउँदै उनले यसमा आमजनताको पूर्ण साथ र सहयोगको खाँचो औंल्याउनुभएको छ ।