
सन्जिव कार्की
समय नयाँ, परिवेश र परिबन्ध नयाँ तसर्थ हिजोको कुरा आज पुरानो हुन्छ । यो सामान्य नियम हो तर व्यक्तिको निष्ठा अडान र आफ्नो सैद्धान्तिक पोजिसन आजको भोलि चमत्कारिक रूपमा परिवर्तन हुन सामान्य कारण झिनामसिना कुराले संभव हुँदैन । यदि त्यस्तो परिवर्तन कतै देखियो भने त्यसको अन्तर्य खोतलिनु आवश्यक छ ।
प्रसंग प्रधानमन्त्री खडग ओलीमा आएको परिवर्तनलाई हेर्न र बुझ्न सकिन्छ । ओली आजको भोलि जसरी परिवर्तन भै रहेका छन् त्यसबाट उनमा आएको सैद्धान्तिक विचलन बुझ्न कठिन छैन । ओली सैद्धान्तिक रूपमा आफ्नो अडानबाट बिचलित भएको २०५१ सालको महाकाली सन्धिताका नै भएको भए पनि ब्यबहारिक र आफ्नो अडानबाट पछि हटेर मौका परस्त हुन थालेको चै । २०७४ सालको चुनाव जित्ने र एकल पार्टीको बहुमतको सरकार बनाउने लालसाले हो ।
एकल पार्टीको बहुमतको सरकार बनाएर स्थिर सरकार र पाँच वर्ष ढुक्कले सरकार चलाउने इच्छा सैद्धान्तिक रूपमा गलत नभए पनि सत्ताको लागि को सँग र किन सम्झौता गरियो र हिजोको तिव्र आलोचना र घृणाको पात्र कसरी एकाएक अंगालोमा कसिन सम्भव भयो रु यस्ता घटना र परिघटनाको अध्यनबाट ब्यक्तिको महत्वाकांक्षाको लागि थियो कि राष्ट्रियहित हेरेर अप्राकृतिक गठबन्धन गरियो त्यो विवेच्य विषय हुन आउँछ । लामो समयको मेहनत सैद्धान्तिक र नितिगत सामिप्यता अनि ब्यक्तिको सुमधुर सम्बन्धको सवालमा मिलाप र गठबन्धन पार्टी एकता अस्वाभाविक लाग्दैन तर व्यक्तिगत सम्बन्ध पनि कटु र तिक्ततापूर्ण पार्टी पार्टीको प्रतिस्पर्धा पनि अस्वस्थ र अत्यन्तै निचताको हदमा पुगेर स्थानीय निर्वाचनमा प्रतिद्वन्द्वीता गरेको स्थिति र एकले अर्कोलाई भौतिक रूपमा देश भर आक्रमण गरेको घटना ताजा रहँदा रहँदै एकाएक हठात पार्टी एकता सम्भव हुने गरि चुनावमा एउटा घँषणापत्र लिएर दुई पार्टी चुनाव लडनु र चुनावी जीत पछि पार्टी एकता गर्नु निस्चय नै अप्राकृतिक कुरा हुन् ।
चुनाव जित्नु र पार्टी एकता गर्नु सकारात्मक कुरा हुन तर स्वार्थको टकराव र हानाहानले आज जुन सम्बन्ध टुटेको र आफ्नै पार्टीका पूर्व पार्टी प्रमुख र दुई दुई जनालाई नेकपा एमालेले साधरण सदस्यबाट पनि निकाल्ने परिस्थिति निम्तनु सम्पूर्ण स्वार्थको कारण चुनावी एकता देखि पार्टी एकता सम्म रहेछ भन्नेकुरा घाम जत्तिकै छर्लङ्ग र आम मान्छेले बुझेको तथ्य हो ।
तसर्थ यो अप्राकृतिक र अस्वाभाविक स्वार्थको लेनदेन मात्रै थियो भन्न सकिन्छ जुन कुरा विगत देखि नै यो पंक्तिकारको पनि स्पष्ट धारणा हो । अत ओली राजनीतिक रूपमा चालेका अनेकौं स्टेप फेल भएर फतक्क गलेका छन् । जसको कारण आफ्नो पूर्व अडान र पूर्व मान्यताबाट च्युत बन्दै जो भेटिन्छ जस्ता भेटिन्छ सत्ता जोगाउन र सत्तामा टिकिरहन सम्झौता गर्न बाध्य छन् । नेतामा लचकता र समदामयिक चेत हुनु जरुरी छ तर आफ्नो पूर्व अडान फेर्नु पर्दा र फेरिए पछि विगतको समीक्षा जरुरी हुन्छ । आत्मालोचना र प्रायस्चित अनिवार्य हुन्छ अन्यथा विश्वसनीयता गुम्न पुग्छ जुन कुरा ओली र प्रचण्डले व्यक्तिगत रूपमा र पार्टी नेकपा एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते सो कुरा सार्वजनिक रूपमा राख्न आवश्यक ठानेनन । जुन राजनीतिक नैतिकताको दृष्टिकोणले गम्भीर भूल हो ।
विगतको बुझाई र एकाअर्कालाई गरेको व्यबहारको लागि खेद प्रकट गरेर माफी माग्ने र आगामी दिनमा सो त्रुटी नगर्ने प्रतिबद्धता आवश्यक थियो तर त्यसको हेक्का नरख्दा आजको दूरवस्था आएको छ । राजनीतिमा स्वार्थ अवश्य हुन्छ तर त्यो स्वार्थ बृहत हितको लागि अर्थात देसको स्वार्थमा केन्द्रित हुनुपर्छ । आफ्नो स्वार्थ पूरा भए या हुने देखिए जिब्रोले नर्क चाटने जुन प्रवृति पार्टी र नेताहरुमा देखिको छ जसले गर्दा नेताकार्यकर्ताको क्रेडिबिलिटिमा निरन्तर ह्रास आइ रहेको छ जुन लोकतान्त्रिक पद्धतिको लागि र जहाँकहिँको लागि घाटाको विषय हो ।
यो पटक ओलीले नागरिकता बिधेयक प्रस्तुत गरेर आफ्नो सार्वजनिक छवि र अडानमा अरु घाटाको व्यापार गरे । म नागरिकता बिधेयकमा के छ के हुनुपर्छ त्यसको कानुनी र संबैधानिक व्यवस्थबारे जानकार छैन तर यो जुन परिस्थितिमा र जसरी ल्याइयो त्यस बारे मेरो बुझाइको पक्ष र दोहोरो मापदण्डको विषयमा ध्यान आकर्षित भएको छ । कुनै पनि नेपाली नागरिकताबाट बन्चित हुनुहुदैन । आफ्नै भुमिमा अनागरिक कसैलाई बनाउन पाइन्न मेरो मूल सरोकार यही मात्रै हो तर नागरिता दिने नाममा संविधानमा भएको छिद्र उपयोग गरेर, प्राबिधिक कुरा हेरेर नागरिकतालाई सस्तो र बिक्रीवितरणक्क सहज वस्तुको बनाइनु हुन्न सत्तासँग नागरिकताको सौदाबाजी गर्ने कार्य किमार्थ स्विकार्य हुन्न ।
नागरिकता र पासपोर्ट किनेर पाउने देसको रूपमा देसलाई चिनाउनु गम्भीर र महाअपराध हुन्छ भन्ने मान्छु । नागरिकता पुरुषको लागि विशेष र नारीको हकमा तजबिजको विषय पनि बनाइनु हुन्न तर कतिपय प्राबिधिक विषयको कारण सबैले सहज नागरिता पाउने पक्षमा भने विचार गर्नु अनुपयुक्त हुँदैन । आज मेरो सरोकार नागरिकता कस्तो र किन भन्दा पनि प्रधानमन्त्री ओलीको नियतप्रतिको संशय हो ।
दुईतिहाईबाट कानुन नबनाएर अध्यादेशले कानुन बनाउनु कति मनासिब हो रु हिजो किन आफ्नो एकल दुई तिहाइ बहुमत संसदमा हुँदा ठाडो अस्विकृती दिने ओली आज अध्यादेश द्वारा बिधेयक बनाउन राजीखुशी भए रु यश भित्र को कारण के हो रु यसको जबाफ नागरिकको लागि आवश्यक पर्छ । हिजोको अडान र धारणा त्रुटिपूर्ण थियो भने खै प्रयस्चित रु खै स्पष्टीकरण रु गलत सच्याउन पाइन्छ तर सार्वजनिक व्यक्ति देसको कार्यकारीले त्रुटि सच्याउदा प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ खै ओलीको माफी र आज नागरिकता बिधेयक हतारमा अध्यादेश मार्फत प्रस्तुत गर्नुपर्ने औचित्य सहितको तर्क र प्रमाण ?
नागरिकता बिधेयकलाई हिजो ओलीले धुनधान बिरोध गरे । बिधेयक प्रस्तुत गर्नेहरू रास्ट्र बिखण्डनका मतियार भनियो । ओली ठिक, रास्ट्रवादी ओली भनियो । आज त्यही नागरिकता बिधेयक ओलीले अध्यादेशद्वारा ल्याए । यो पनि ठिक । ओली नै महान भनिदैंछ । ओली नै रास्ट्रवादी कसरी हुन सक्या एउटा मान्छे यो पनि ठिक त्यो पनि ठिक रु हिजो गलत थियो आज सही त्यो पनि ठिक रु मैले नबुझेको राजनीति यही हो । दुई तिहाई बहुमत हुँदा आवश्यक नदेखिएको बिधेयक आज अध्यादेशको बुइ चढेर ल्याउनुपर्ने कारण चै बुझ्न कठिन भयो ? बिरोध गरे पनि समर्थन गरे पनि एउटा मान्छेको हकमा दुवै कुरा कुन तर्क र विश्लेषणको आधारमा उचित भयो ? त्यही चिज केही वर्ष अघि विष,त्यही चिज आज अमृत अर्थात संजिवनी बुटी किन र कसरी ?
हिजो नागरिकता बिधेयकको बिरोध गर्नु गल्ती रहेछ मैले बुझ्न नसकेर बिरोध गरेको रहेछु । आज बृहत र बिस्तृत अनि गहन रूपमा अध्ययन गरें। चित्त बुझ्यो र ल्याएँ । हिजोको मेरो भनाइप्रति खेद व्यक्त गर्दै माफी माग्छु भनेर सार्वजनिक रूपमा पो ओलीले वक्तव्यबाजी गरे कि रु अन्यथा सत्ता र स्वार्थको लागि गरिने सौदाबाजी औचियहीन अप्रासंगिक र अनैतिक छ्न ।
यद्यपि नागरिकता बिधेयक बारे मैले धेरै बुझेको छैन मैले केवल दोहोरो मापदण्ड कसरी भयो र किन भन्ने जिज्ञासा मात्रै राखेको हुँ ।
हुनत राजनीतिक नैतिकताको रङ्ग खुइलिएका ओलीलाई मदनको हत्यारा खोइ ? डाक्टर के सी सँग गरेको सम्झौताको कार्यन्वयन खै ? खोइ तपाईंले चिनेको हत्यारा भन्यो भने भन्ने छ्न उहिलेका कुरा खुइले , खोइ तपाईंको हिजोको पत्थरी अडान र प्रतिबद्धता उनले भन्नेछ्न् भो छाडनुस ती पुराना कुरा ?
पतनको फराकिलो राजमार्ग तयार गर्दै गरेका ओलीलाई दोहोरो मापदण्ड र एक सुत्रको सत्ता स्वार्थ भन्दा पर हेर्ने फुर्सद छैन । समयले उनको राजनीति र कदमको लेखा राख्ने नै छ । यति भन्न सकिन्छ राजनीतिक बैधता र नैतिकतामा बारम्बार चुकेका ओली राजनीतिकरूपमा फत्तक्क गलेर झर्न लागेका पात्र र प्रवृति हुन यिनका सौभाग्य र दुर्भाग्यबाट राजनीतिक पात्रहरुले धेरै सिक्नु र बुझ्नु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्