
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठक सुरु भएको छ ।
विवादका कारण बस्न नसकेको बैठक आजबाट सुरु भएको हो । बैठकमा २१ जना प्रदेशसभा सदस्य सहभागी भएका छन् ।
सुदूरपश्चिम प्रदेशसभामा एमालेको तर्फबाट सभामुखसहित कुल २५ सदस्य रहेकोमा बैठकमा ३ जना अनुपस्थित छन् ।
अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् ।
माधव नेपाल पक्षका सबै सांसद उपस्थित छन् । सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ ।
माधव नेपाल पक्ष सहभागी नभएको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
यस विषयमा एमालेभित्र विवाद छ । एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई निरन्तरता दिने पक्षमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्