
विवेक भण्डारी
नवलपुर । चन्द्रागिरी हिल्स र मनकामना केवलकार निर्माण गरेकै अष्ट्रेलियन कम्पनीले केवलकार निर्माण गर्ने भएको छ । निर्माण कम्पनीसँग चाँडै डिजाइन फाइनल गरी काम सुरु गर्ने मौलाकाली केवलकार निर्माण प्रालिका प्रोजेक्ट म्यानेजर गोकुल साउदले जानकारी दिनुभयो ।
गैँडाकोट १ धारापानीमा चढ्नेगरी स्टेशन रहने र ओर्लने स्टेशन मन्दिर नजिक रहेको हेलिप्याड तोकिएको छ । दुई वटा स्नेशन रहने केवलकारको लम्वाई १२ सय मिटर रहेको छ । ६ वटा टावर रहने केवलकारमा १२ वटा डब्बा हुने र एउटा डब्बामा ८ जना अट्ने साउदले बताउनुभयो । दैनिक ६ हजार यात्रु आवतजावत गराउने सक्ने क्षमता केवलकारको रहने छ ।
प्रशिद्ध मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भए पछि स्थानियबासिन्दा पनि उत्साहित भएका छन । केवलकार निर्माण पछि पर्यटकहरुको थप आगमन हुने र स्थानियहरुले रोजगार समेत पाउने हुदा केवलकार निर्माणले गैडाकोट संगै नवलपुर जिल्लाकै विकासमा टेवा पु¥याउने स्थानीयबासिन्दाको भनाई छ ।
यता गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले मन्दिरमा निर्माण हुन लागको केवलकार निर्माणको कामलाई सफल बनाए रै छाड्ने बताउनुभयो । जिल्लाकै गौरवको आयोजना आफ्नो नगरमा हुनु खुशीको विषय भएको बताउनुभयो । निर्माण सम्पन्न गर्न नगरवाट पूर्ण सहयोग हुने भन्दै यसले स्थानीयको आयआर्जनमा परिवर्तन ल्याउनुका साथै रोजगारीको अवसर र नगरको विकासमा टेवा मिल्ने बताउनुभयो ।
५१ प्रतिशत कम्पनी र ४९ प्रतिशत स्थानीयको लगानी रहने गरी कुल २ अर्ब रुपैयाको लागतमा केवलकार निर्माण हुने बताइएको छ । मौलाकालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकाटोले पैदल नै मन्दिर जाँदा राम्रो हुने भएपनि समयको माग अनुसार
केवलकार निर्माणको सुझाव आएपछि अनुमति दिएको बताउनुभयो । योग्यता र क्षमताको आधारमा स्थानीयलाई रोजागारी दिने गरी समिति बनेर थप काम गर्ने सहमति भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सालिकराम सापकोटाले बताउनुभयो । केवलकार निर्माण पछि नवलपुर जिल्लाको पर्यटन क्षेत्रसँगै धार्मिक पर्यटनको संरक्षण गर्न केवलकार निर्माण र यसको सञ्चालनले सहयोग पुग्ने बिश्वास गरीएको छ ।
प्रतिक्रिया दिनुहोस्