
काठमाडौं । कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनीमा सीमित व्यक्तिको उपस्थितिमा प्रार्थना गरिएको छ ।
निषेधाज्ञाका कारण सरकारले तय गरेका मापदण्डअनुसार लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा महायानी, बज्रयानी र थेरवादी सम्प्रदायका गुरु / गुरुमा, भिक्षु / भिक्षुणी र लामाहरु उपस्थित भएर बुद्धपूजा र मन्त्रोचारण गरिएको छ ।
कार्यक्रमस्थलमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश सभा सदस्य फखरुद्दिन खान, लुम्बिनी विकास कोषका पदाधिकारी र कर्मचारीमात्रै सहभागी थिए ।
महामारीकै कारण कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरेको लुम्बिनी विकास कोषका सदस्य सचिव शानुराजा शाक्यले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्