
GETTY IMAGES
एजेन्सी । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण भारतमा ४ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।
२ लाख ८ हजार ९ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ९५ हजार ९ सय ९५ जना डिस्चार्ज भएका छन् । भारतमा संक्रमण दर घट्दै गएपछि मृत्यु दर भने घटेको छैन ।
हालसम्म भारतमा २ करोड ७१ लाख भन्दा बढी संक्रमित छन् भने २ करोड ४३ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।यहाँ अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ११ हजार ३ सय ८८ जना रहेको छ भने २४ लाख ९५ हजार ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्