
स्याङजा । स्याङजाको आँधीखोलामा लोपोन्मुख शहर जातको माछाका ५ हजार भुरा छाडिएको छ ।
गण्डकी प्रदेश सरकार, पुतलीबजार नगरपालिका, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको संयुक्त पहलमा स्थानीय शहर जातको माछाको भुरा छाडिएको हो ।
लोपोन्मुख माछाको संरक्षण गर्दै माझी समुदायलाई आयआर्जन सँग जोड्ने योजना रहेको पशु सेवा विज्ञ केन्द«का प्रमुख डाक्टर ब्रज किशोर ठाकुरले बताउनुभयो । आंधीखोलामा अबैध दोहनका कारण जलचरहरु लोप हुदै गएका छन् । ।
प्रतिक्रिया दिनुहोस्