भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार • Image Khabar Image Khabar


भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार


Imagekhabar
१२ जेष्ठ २०७८, बुधबार १३:२६

भारतबाट सिंगापुर जान लागेको पानीजहाजमा आगलागी, श्रीलंकाले गर्यो उद्दार

एजेन्सी । भारतबाट सिंगापुर जान लागेको एउटा पानी जहाजमा भीषण आगलागी भएको छ ।

श्रीलंकाको कोलम्बो हुँदै सिंगापुर जान लागेको मालवाहक पानीजहाजमा आगलागीपछि बिस्फोट पनि भएको छ । श्रीलंका नौ सैनिकले मंगलबार पानीजहाजका चालक दलको उद्धार गरेको छ ।

सिंगापुरको ध्वजावाहक पानीजहाज भारतको हाजिरा बन्दरगाहबाट १ हजार ४ सय ८६ कन्टेनर सामान बोकेर मे १५ मा छुटेको थियो । २५ टन नाइट्रिक एसिड र अरू रसायन पनि बोकेको पानीजहाजमा शुक्रबार एउटा कन्टेनरमा आगो लागेको थियो ।

जहाजको चालक दलमा फिलिपिन्स, चीन, भारत र रूसका २५ जना थिए । तीमध्ये दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्