
तस्बिर फाइल
काठमाडौं । सरकारले स्वास्थ्यर्मी, सुरक्षाकर्मी सफाइकर्मीलगायतका फ्रन्टलाइनमा काम गर्नेहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो मात्रा खोप लगाउन सुरु गरेको छ ।
फागुन २३ गते अघि खोप लगाउन छुटेकाहरूलाई बुधबारदेखि कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । यो अभियानमा फागुन २३ गते अघि खोप लगाएका ९० हजार फ्रन्टलाइनरलाई खोप लगााउने जनाएको छ ।
खोप अभावका कारण फागुन २३ गतेदेखि चैत्र ३ गतेसम्म पहिलो खोप लगाएकाहरूलाई भने १६ हप्तापछि अर्थात असारमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्