
काठमाडौं । प्राइम बैंकले कोभिड–१९ नियन्त्रणका लागि देशभरका तीनवटा अस्पताललाई अक्सिजन सिलिन्डर र स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बैंकले सुदूरपश्चिमको सेती प्रादेशिक अस्पताल र महाकाली अस्पताललाई क्रमशः ६० र ४० थान अक्सिजन सिलिण्डर सहयोग गरेको बैंकका महाप्रबन्धक सञ्जीव मानन्धरले जानकारी दिनुभयो ।
यस्तै, बैंकले वीर अस्पताललाई करिब ३० लाख रुपैयाँ बराबरको पीपपीई सेट, पोर्टेबल अक्सिजन सिलिन्डर, फेस मास्क, सेनिटाइजर, अक्सिजन ट्रलि लगाएत विभिन्न स्वास्थ सामाग्री सहयोग गरेको मान्नधरले बताउनुभयो ।
वीर अस्पताललाई दिइएको स्वास्थ्य सामग्री बंैकका सञ्चालक मनोज पौडेलले वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई एक समारोहका बीच हस्तान्तरण गर्नुभएको हो ।
बैंकले कोभिड१९ विरुद्घको लडाईंमा सहयोगलाई भविष्यमा समेत जारी राख्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्