२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


रोटरी क्लब र मुटु प्रतिष्ठानद्वारा काठमाडौंका पाँच अस्पताललाई २० लाख रुपैयाँको स्वास्थ्य सामग्री सहयोग


0
Shares

काठमाडौं । रोटरी क्बल अफ पाटन र नेपाल मुटु प्रतिष्ठानले स्वास्थ्यकर्मीहरूलाई २० लाख रुपैयाँको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

रोटरी र प्रष्तिष्ठानले स्वास्थ्यकर्मीहरूको सम्मानस्वरूप पीपीई माक्ससहित २० लाख रुपैयाँको स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको रोटरी क्लब अफ पाटनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाभित्र रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति अस्पताल, ख्वापा अस्पताल र मुटु क्लिनिकलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।

कोभिड–१९ को दोस्रो लहरमा आफ्नो स्वास्थ्य जोखिममा राखेर बिरामी र संक्रमितको उपचारमा खटिएका स्वास्थ्यस्वास्थ्यकर्मीहरूको सम्मान र सुरक्षाका लागि आफूहरूले सहयोग गरेको रोटरी क्लब अफ पाटनले जनाएको छ ।

संस्थाहरूले ४ सय स्वास्थ्यकर्मीहरूलाइै ड्राइफुटको प्याकेट प्रदान गर्नुका साथै नयाँ बानेश्वारको निजामति अस्पतालमा रहेका ५० कोभिड–१९ बिरामीहरूलाई डेढ महिनाको लागि निःशुल्क खानाको व्यवस्था पनि गरेको छ ।