
सोलुखुम्बु । मंगलबारदेखि मौसम खराब भएपछि सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ ।
हिमपातको कारण आधार शिविरबाट सगरमाथाको उचाइमा जाने सबै आरोहण दलको यात्रा स्थगित भएको छ । सगरमाथा आधार शिविरमा रहेका सम्पर्क अधिकृत खिमलाल गौतमका अनुसार करिब आरोहण गर्न सगरमाथाको शिखरतर्फ लम्केका आरोहण दलहरू पनि तल झरेका छन् ।
आरोहण दल क्याम्प टूमा आएर बसेको गौतमले बताउनुभयो । क्याम्प टू फर्किने आरोही र शेर्पा सहयोगी गरेर तीन दर्जन बढी संख्या रहेका छन् । अल्पाइन एशोसियसन र पीक प्रमोसन जस्ता कम्पनीबाट आरोहण गर्न गएको समूह क्याम्प टू फर्केको गौतमले बताउनुभयो ।
यस्तै सगरमाथा आधार शिविरमै रहेका नेपाली सेनाको ‘सफा हिमाल २०२१’ अभियानका समन्वय अधिकृत सेनानी आदित्य कार्कीले हिजैबाट सगरमाथा क्षेत्रको मौसम खराब भएको बताउनुभयो । कोभिड–१९ को सम्भावित असरबाट सचेतता अपनाउन एउटा टेन्टबाट अर्को टेन्ट जान निषेध भएको सेनानी कार्कीले जानकारी दिनुभयो ।
पूर्वीमध्य बङ्गालको खाडीबाट विकसित न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो । चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा मंगलबारदेखि शक्तिशाली चक्रवातमा परिणत भएको र बुधबारसम्ममा थप शक्तिशाली हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ ।
प्रतिक्रिया दिनुहोस्