२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


८० वर्ष अघि बनाइएको बुद्ध जीवनीको चित्रकला प्रदर्शन सुरु


13
Shares

काठमाडौं । भगवान गौतम बुद्धको जीवनीसँग सम्बन्धी ८० वर्ष पुरानो परम्परागत चित्रको भर्चुअल प्रदर्शनी आजदेखि सुरु भएको छ ।

२५६५औं बुद्ध जयन्तीको अवसरमा स्वर्गीय मणिकमान चित्रकारले बनाएको नेवारी परम्परागत पौभा चित्रकला म्युजियम अफ नेपाली आर्टले भर्चुअल प्रदर्शन गरेको हो ।

प्रसिद्ध पौभा कलाकार चित्रकारले सन् १९४२ तिर यी चित्रहरू बनाउनुभएको थियो । चित्रकलामा नेपाल भाषाबाट चित्रको वर्णनसमेत गरिएको छ ।

कोरोना संक्रमणका कारण भरचुल चित्रकला प्रदर्शनी गर्नुपरेको म्युजियम अफ नेपाली आर्टले जनाएको छ ।