२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025

बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान


0
Shares

काठमाडौं, जेठ ३१ । नेपाल पत्रकार महासंघले उपत्यका र मोफसलका गरी ८ जना पत्रकारलाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ ।

बिहीबार राजधानीमा आयोजित कार्यक्रममा महासंघले रेडियोतर्फ रेडियो कान्तिपुरका रमेश दुलाल र रेडियो सिद्धबाबाबाट मनकुमारी पुलामीलाई पुरस्कृत गरेको छ ।

त्यस्तै, टेलिभिजनतर्फ नेपाल वातावरण पत्रकार समूहबाट रेणुका आचार्य र कान्तिपुरकी अमृता अनमोललाई बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ ।

छापातर्फ राष्ट्रिय समाचार समितिका सुशील दर्नाल र राजधानी दैनिकका निमेन्द्र शाहीलाई सम्मनित गरियो ।

कार्यक्रम प्रस्तोतातर्फ दुर्गा कार्की र गीता चिमोरिया सम्मानित भएका छन् ।

सम्मानित व्यक्तिहरुलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जनही २५ हजार रुपैयाँसहित सम्मान गरेकी हुन् ।

कार्यक्रममा मन्त्री थापाले बालबालिकाको विषयमा लेख्दा अझ बढी संवेदनशील भएर लेख्न पत्रकारहरुलाई आग्रह गरिन् ।

कार्यक्रममा यो वर्ष सगरमाथाको सफल आरोहण गरेका सातजना महिला पत्रकारलाई पनि सम्मान गरिएको थियो ।