
काठमाडौं । रुपन्देहीमा चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कञ्चन गाउँपालिका–४ बुद्धनगर बस्ने ५३ वर्षीय हेमलाल गन्धर्व रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय रुद्रपुरले जनाएको छ ।
ती बालिकालाई गन्धर्वले आफ्नै घरमा बलात्कार गरेको खबर पाएपछि खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्