१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कोरोना भाइरसबारे अनुसन्धान गर्न अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशन


0
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको महामारीका बारेमा थप अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

राष्ट्रपति बाइडेनले चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसका बारेमा थप अनुसन्धान गरेर तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएका हुन ।

चीनबाट सुरु भएको कोरोना विश्वभर महामारीको रुपमा फैलिइरहेको छ । कोरोना महामारीका कारण विश्वभर करोडौं मानिस प्रभावित भएका छन् भने लाखौंको मृत्यु भइरहेको छ ।

पछिल्ला दिनहरुका दक्षिण एशियाली मुलुहरुको कोरोना संक्रमण तीव्ररुपमा बढीरहेको छ । यसअघि अनुसन्धानकर्ताहरुले जनावरहरुबाट मानिसमा संक्रमण भएर कोरोनाको महामारी सुरु भएको बताएका थिए ।

तर हालैका दिनहरुमा अमेरिकी वैज्ञनिकहरुले चिनियाँ प्रयोगशालहरुबाटै भाइरस फैलिएको दावी गरेका छन् । अमेरिकी वैज्ञानिकहरुको उक्त दावीको चीनले कडा रुपमा खण्डन गर्दै आएको छ ।