एमालेलाई जेठ २ कै अवस्थामा फर्काउन अन्तिमसम्म प्रयत्न गर्छौ : नेता विष्ट • Image Khabar Image Khabar


एमालेलाई जेठ २ कै अवस्थामा फर्काउन अन्तिमसम्म प्रयत्न गर्छौ : नेता विष्ट


Imagekhabar
१३ जेष्ठ २०७८, बिहीबार ०९:१७

एमालेलाई जेठ २ कै अवस्थामा फर्काउन अन्तिमसम्म प्रयत्न गर्छौ : नेता विष्ट

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले एमालेलाई जेठ २ को अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन प्रयत्न रहने बताउनु भएको छ ।

नेता विष्टले फेसबुकमा स्टाटस लेख्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन आफ्नो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताउनु भएको हो ।

उहा लेख्नुहुन्छ ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्दछ ।’

प्रतिक्रिया दिनुहोस्