
एजेन्सी । पश्चिमी अफ्रिकी मुलुक मालीका सेनाले नियन्त्रणमा लिएका राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीलाई त्यहाँको सेनाले पद बाट राजीनामा दिन लगाएको छ ।
मालीका अन्तरिम सरकारका राष्ट्रपति बाह एनडअ, प्रधानमन्त्री मोक्तार ओउने र रक्षामन्त्री सोउलेमेन डोउकोरेलाई सेनाले राजीनामा दिन लगाएको हो ।
गत सोमबबार उनीहरूलाई सेनाले नियन्त्रणमा लिएर सेनाको गणमा राखेको थियो । दुई दिन सैनिक नियन्त्रणमा रहेका उनीहरूले बाध्य भएर राजीनामा दिएको मालीका उपराष्ट्रपति तथा सैनिक शासक बाबा सिसेकाले विज्ञप्ति निकालेर जानकारी दिएका हुन् ।
अन्तर्राष्ट्रिय समुदायले नियन्त्रणमा लिइएका नेताहरूलाई बिनासर्त रिहा गर्न गरेको आग्रहलाई बेवास्ता गर्दै सेनाले उनीहरूलाई राजीनामा दिन बाध्य पारेको हो । केही दिनअघि सरकार पुनर्गठन हुँदा सेनाका दुई उच्च अधिकारीहरूको पद फेरिएको केही घन्टामै सेनाले उनीहरूलाई नियन्त्रण लि
प्रतिक्रिया दिनुहोस्